खानेपानी योजना सञ्चालन गर्न आर्थिक सहयोग सङ्कलन
ratopati.com · Wed Nov 13 17:02:00 GMT 2024

खोटाङ । वर्षौंदेखि बन्द खानेपानी योजना सञ्चालन गर्न यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका स्थानीयवासीले सांस्कृतिक कार्यक्रम गरी सहयोग रकम सङ्कलन गरेका छन् । सहरबोटे खानेपानी योजना पुनःसञ्चालनमा ल्याउन आर्थिक सहयोग सङ्कलन गर्ने उद्देश्यले उपभोक्ताले हरिबोधिनी एकादशीका अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।
हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईको उपस्थितिमा सर्वदलीय बैठक बसी उक्त योजना सञ्चालन गर्न चेसकुमार राईको संयोजकत्वमा आर्थिक सङ्कलन मूल समिति गठन गरिएको थियो । हरेक योजनाका लागि सरकारको मुख ताक्ने प्रवृत्ति रोक्न उपभोक्ताले स्वतःस्फूर्त अग्रसरता देखाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)