गणेश हिमाल बेसक्याम्प जाँदै गरेका २ कर्मचारी बिरामी, उद्धार गर्न नसकी फर्कियो हेलिकोप्टर
onlinekhabar.com · Wed Nov 13 17:05:05 GMT 2024

२८ कात्तिक, काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि भन्दै गणेश हिमाल आधार शिविर जाँदै गरेको सरकारी अधिकारीसहितको टोलीका २ सदस्यहरु बिरामी परेका छन् । धादिङ प्रशासनले उनीहरुलाई हेलिकोप्टरबाट उद्धारको पहल गरे पनि विहीबारको प्रयास असफल भएको छ ।
उनीहरुलाई उद्धार गर्न बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टर पठाइए पनि खराब मौसमका कारण अवतरण गर्न नसकी फर्किएको थियो । विहीबार बिहान फेरि उद्धार प्रयासका लागि हेलिकप्टर पठाइने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)