मन्त्री भण्डारीद्वारा आयल निगमको निरीक्षण
gorkhapatraonline.com · Wed Nov 13 17:12:01 GMT 2024

भैरहवा (रुपन्देही), कात्तिक २८ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भैरहवामा निर्माणाधीन अवस्थामा रहेको नेपाल आयल निगमको पेट्रोलियम भण्डारण गृहको निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँलाई रुपन्देही क्षेत्र नं १ का सांसद तथा नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले आयल निगमको निर्माणले पेट्रोलियम क्षमता भण्डारणमा सहयोग गर्ने भएकाले यसको निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)