बिर्तामोडमा बर्षाले ३ तले घर भासियो
gorkhapatraonline.com · Sun Jun 21 07:53:42 GMT 2026

। झापामा भारी वर्षा भएको छ । वर्षाका कारण झापाको बिर्तामोड –५ स्थित नयाँ बसपार्कको सुकुम्बासी बस्तीमा रहेको तीन तले घर भासिएको छ ।
७० वर्षीय पहलमान ठाकुरको सो घर आइतवार बिहानको राति २ बजेतिर जमिनमा भासिएको हो । घर ढल्किदै गएपछि त्यहाँ रहेका मानिस र केही सामानहरु बाहिर निकालिएको छ ।
त्यस घरमा दुईजना मात्र बस्ने गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घर भासिएर अन्दाजी २०–२५ डिग्रीमा ढल्किएको प्रहरीले जनाएको छ । सो घर पुरै खाली गराउने तयारी भइरहेको प्रहरीले जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)