जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन
rajdhanidaily.com · Thu May 28 12:31:27 GMT 2026
काठमाडौं । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब ६९ करोड बराबरको रकम सङ्कलन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बिमा शुल्क रु ३२ अर्ब ५३ करोड बराबर सङ्कलन भएको छ । कूल बिमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव एक प्रतिशतले वृद्धि भई रु एक खर्ब ६० अर्ब २२ करोड बराबर पुगेको छ ।
गत फागुन मसान्तसम्म सक्रिय बिमालेखमध्ये जीवन बिमातर्फको सङ्ख्या एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बिमातर्फको सङ्ख्या २१ लाख ६८ हजार ४५ बराबर रहेको छ । चालु आवको फागुनसम्म जीवन बिमातर्फ एक लाख २५ हजार ८३० बिमा दाबीअन्तर्गत रु २६ अर्ब ८४ करोड बराबरको रकम दाबी भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
काठमाडौँ