खल्ती एपमा ‘स्टक हब’ सेवा सुरु, नेप्सेको लाइभ अपडेटदेखि आईपीओ पाइपलाइनसम्म जानकारी पाइने
techpana.com · Thu May 28 12:25:29 GMT 2026

काठमाडौँ । फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड (खल्ती) ले शेयर बजारसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ‘खल्ती स्टक हब’ सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो वार्षिक उत्सवको अवसरमा आयोजना हुने 'खल्ती जात्रा २०८३' को उपलक्ष्यमा यो नयाँ फिचर सार्वजनिक गरेको हो ।
यस सेवामार्फत प्रयोगकर्ताले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को लाइभ डेटा, सर्वाधिक नाफा कमाउने र गुमाउने कम्पनीको सूची तथा आईपीओ पाइपलाइन लगायतका जानकारी खल्ती एपबाै प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)