बाजुरामा बस दुर्घटना, २४ जना घाइते
gorkhapatraonline.com · Sun Jun 21 08:00:46 GMT 2026

बाजुराको बुढीगङ्गा नगरपालिका–१० फुलोटमा आज बिहान बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१-००१ ख १३५५ नम्बरको पवनदूत यातायातको बस बिहान करिब ७ बजे दुर्घटनामा परेको हो ।
गुडिरहेको बसको अचानक ब्रेक फेल भएपछि चालक खडकबहादुर बुढाले सडकको छेउमा बस रोकेका थिए । चालकले बुद्धिमत्तापूर्वक बसलाई भित्तातर्फ मोडेका कारण ठुलो मानवीय क्षति हुनबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् । बस बुढीगङ्गा–९ का लाकेश सिंहको रहेको र त्यसमा चालकसहित ३१ जना सवार थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)