मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारी दुर्घटनामा ४ जनाको मृत्यु र ९९ घाइते

bishowkhabar.com · Sun Jun 21 07:59:17 GMT 2026

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन् ।

विभिन्न प्रदेशमा भएका २४ वटा सवारी दुर्घटनामा मानवीय क्षति भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

प्राप्त विवरणअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी क्षति भएको देखिएको छ ।

उक्त प्रदेशमा २ जनाको मृत्यु हुनुका साथै ६६ जना घाइते भएका छन् ।

त्यस्तै मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने मृत्युको घटना देखिएको छैन ।

बागमती प्रदेशमा १ जनाको मृत्यु र २ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु र ४ जना घाइते भएका छन् ।

लुम्बिनी प्रदेशमा ५ जना घाइते भएका छन् भने मृत्युको घटना नभएको जनाइएको छ।

कर्णाली प्रदेशमा ८ जना घाइते भएका छन् भने गण्डकी प्रदेशमा कुनै पनि मानवीय क्षति नभएको विवरणमा उल्लेख छ ।

त्यस्तै काठमाडौं उपत्यकामा पनि दुर्घटनाका घटनाहरू भए पनि मानवीय क्षति नभएको जनाइएको छ ।

समग्रमा देशभर भएका दुर्घटनाबाट ४ जनाको मृत्यु र ९९ जना घाइते भएको तथ्यांकले देखाएको छ ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि गति नियन्त्रण, सिट बेल्ट तथा हेल्मेटको अनिवार्य प्रयोग र सडक अनुशासन पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय