पालुङ्टारमा अटो दुर्घटना : चारजना घाइते,चालक पक्राउ
annapurnapost.com · Sun Sep 13 07:04:35 GMT 2026

गोरखा : भित्री सडकमा कुदिरहेको अटो दुर्घटना हुँदा गोरखाको पालुङ्टारमा चारजना घाइते भएका छन् । आइतबार बिहान साढे नौ बजेतिर पालुङटार नगरपालिका ४ छापथोकस्थित भित्रि सडकमा बडडाँडाबाट ठाँटीपोखरीतर्फ झर्दै गरेको ग प्र ०३–००१ ह ०२१० नंबरको अटो सडकबाट खस्दा अटोमा सवार चारजना घाइते भएका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
सो दुर्घटनामा पालुङटार न पा ४ बस्ने ४८ वर्षीया प्रमिला जिसी,सोही ठाउँका ४५ वर्षीया गीता श्रेष्ठ घाइते भएका हुन् । त्यस्तै सो दुर्घटनामा सोही ठाउँकी २० वर्षीया प्रगती श्रेष्ठ र ३१ वर्षीय मेनुका गिरी घाइते भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)