योगले सकारात्मक ऊर्जाको सञ्चार गर्छः प्रमुख देवकोटा
gorkhapatraonline.com · Sun Jun 21 08:04:20 GMT 2026

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले योगले मानिसमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै देशभक्ति, अनुशासन र भ्रातृत्वको भावना जागृत गराउन मद्दत पु¥याउने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आइतबार शुभकामना दिँदै उहाँले स्वस्थ नागरिक नै राज्यको वास्तविक पूँजी भएको उल्लेख गर्नुभयो । “हाम्रो राष्ट्रका प्रत्येक नागरिकलाई शारीरिक र मानसिक रूपमा सबल बनाई समृद्ध समाज निर्माण गर्न योग र प्राणायामलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउनु आवश्यक छ” उहाँले भन्नुभयो, “यस दिशामा योगको सन्देश र अभ्यासलाई गाउँ–टोलसम्म पु¥याउन विभिन्न सामाजिक संस्थाहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)