एपीएफ स्कुलमा आर्थिक अनियमितताको आरोप, हेडक्वार्टरले थाल्यो छानबिन
ratopati.com · Sun Jun 21 08:10:39 GMT 2026

काठमाडौँ । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा आर्थिक अनियमितता भएको विवरण सार्वजनिक भएको छ । विद्यालयको रकम त्यहाँ कार्यरत लेखा प्रमुख इन्स्पेक्टर कल्पना गुरुङले दुरुपयोग गरेको सूचना पाएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले त्यसबारे छानबिन सुरु गरेको छ ।
एपीएफ स्कुलको बैंक खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखिएको भन्ने उजुरी सशस्त्रको हेड्क्वार्टरमा परेको थियो । विगत ४ वर्षदेखि साढे ४ करोड रुपैयाँ व्यक्तिगत खातामा राखेर दुरुपयोग गरिएको उजुरकर्ताको दाबी छ । अनियमिततामा इन्स्पेक्टर गुरुङ मुख्य भूमिकामा देखिएकी छन् । उनी ६ वर्षदेखि निरन्तर एपीएफ स्कुलको लेखामा कार्यरत छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)