महेश त्रिपाठीले साइन गरे ‘बाकस’, दशैं लगत्तै छायांकन थाल्ने
onlinekhabar.com · Sun Sep 13 07:21:46 GMT 2026

काठमाडौँ । आगामी फिल्म ‘बाकस’ को शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । आइतबार उनले निर्मातासँग लिखित समझदारी गरे ।
नवीन पन्तको निर्देशन रहने फिल्ममा यसअघि विपना थापा र वर्षा राउत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। सुजिता चौलागाईंको लगानी रहने फिल्मको सह-निर्मातामा छत्रबहादुर खड्का र कार्यकारी निर्मातामा धर्मेन्द्र पन्त छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)