रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्यो
aarthiknews.com

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। महाधिवेशन निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार प्रारम्भिक नामावलीमा ३,३०६ जना सहभागीप्रतिनिधि समावेश नाम, विवरण वा सदस्यतासम्बन्धी कुनै दाबी–विरोध भए तोकिएको समयभित्र सम्बन्धित प्रमाणसहित सचिवालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
पार्टीले नामावलीमा नाम छुटेको, सदस्यता विवरण नमिलेको वा अभिलेख अद्यावधिक नभएको अवस्थामा आवश्यक प्रमाणसहित उजुरी दिन सकिने जनाएको छ। तोकिएको समयसीमाभित्र दाबी–विरोध नआए अन्तिम नामावली प्रकाशन गरिने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)