मत्स्यनारायण मेलामा घुइँचो
ratopati.com · Thu May 28 12:50:54 GMT 2026

काठमाडौँ । यही जेठ ३ गतेदेखि चन्द्रगिरि नगरपालिका-९ मत्स्यनारायण मन्दिरमा मेला लागेको छ। यो वर्ष अधिकमास (पुरुषोत्तम महिना) परेकाले मन्दिर परिसरमा लाग्ने मेलामा घुइँचो बढेको हो । मन्दिरमा नारायणको दर्शन २० मिनेटभित्र गर्न सकिने व्यवस्था गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ।
समितिद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा चन्द्रगिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उपत्यकाका विभिन्न स्थानबाट मन्दिर पुग्ने पहुँच मार्गको स्तरोन्नति, दर्शनार्थीको लाइन व्यवस्थापन र सुरक्षा प्रबन्ध व्यवस्थित र प्रभावकारी बनाइएको बताए। “साथमा मन्दिर परिसरको भौतिक सुधार, मेला र मन्दिरका थप पक्ष उजागर गर्न अध्ययन अनुसन्धान र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका लागि गुरुयोजना अघि बढाएका छौँ”, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)