मुलुकले र कांग्रेसले कति क्षति भोगेपछि चेत्ने हो देउवाजी ?
barnanmedia.com · Fri Jan 16 22:16:01 GMT 2026

नेपाली कांग्रेसजस्तो ऐतिहासिक र लोकतान्त्रिक पार्टीका सभापति शेरबहादुर देउवा आज आफ्नै पार्टीभित्र अल्पमतमा परिसकेका छन् । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा ५० प्रतिशतभन्दा बढी प्रतिनिधिको उपस्थिति हुनु स्वयंमा एउटा स्पष्ट सन्देश हो- देउवाको नेतृत्व पार्टीले अस्वीकार गरिसकेको छ । तसर्थ यो अब आन्तरिक शक्ति संघर्षको विषय मात्र रहेन । यो त नेतृत्वको वैधता, नैतिकता र जिम्मेवारीसँग जोडिएको गम्भीर विषय बन्न पुगेको छ ।
पार्टीको सर्वोच्च निकाय महाधिवेशन हो । त्यही महाधिवेशनमा सभापति अल्पमतमा पर्नु भनेको नेतृत्व गर्ने नैतिक, कानुनी र राजनीतिक हैसियत समाप्त हुनु हो । लोकतान्त्रिक अभ्यासमा यति स्पष्ट जनादेशपछि कुनै निर्णय कुर्नु पर्दैन । स्वेच्छिक राजीनामा नै त्यसको स्वाभाविक र सम्मानजनक निकास हो । तर देउवाका लागि अझै पनि पद नै सबैथोक बनेको देखिन्छ । नैतिकता, उत्तरदायित्व र राजनीतिक संस्कार उनका लागि पहिलादेखि नै गौण कुरा हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)