मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकलको ठक्करबाट रिक्सा चालकको मृत्यु, सडकमै शव राखेर चक्काजाम

annapurnapost.com · Sun Jun 21 08:32:15 GMT 2026

सिरहा : सिरहाको धनगढी बजारमा सडकमै शवसहितको एम्बुलेन्स राखेर पूर्व–पश्चिम हाइबे स्थानीयहरुले सडक जाम गरेका छन् । अस्ती राति दुर्घटनामा धनगढीमाई–१० का किशन देव महतो घाइते भएका थिए । उपचारको क्रममा मृत्यु भएपछि आफन्त र स्थानीयहरुले धनगढीमाई बजारमा चक्काजाम गर्दै हड्ताल गरेका छन् ।

ठक्कर दिने मोटरसाइकल चालक फरार भएका छन् । उनी अझै फेला परेका छैनन् । मृतक महतो सिटी रिक्सा चलाएर गुजारा गर्थे । रिक्सा रोकेर दही किन्न जाँदा मोटरसाइकलले ठक्कर दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)