डिजिटल डिभाइसले बालबालिकामा आँखाको समस्या
khabarhub.com · Mon Oct 09 01:20:04 GMT 2023
अहिलेको डिजिटल युग हो। दिनदिनै नयाँनयाँ प्रविधि विकसित भइरहेका छन्। मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याब्लेटको प्रयोग बढ्दो छ। इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग सहरदेखि गाउँसम्मै पुगेको देखिन्छ। यी सामग्रीको प्रयोग बालकदेखि वृद्धसम्म हरेक उमेरका मानिसले गरिरहेका छन्। यसको धेरै प्रयोगले हरेक उमेरका मानिसलाई असर गर्ने चिकित्सकको भनाइ छ। फलस्वरुप अहिले धेरैजसो बालबालिका चस्मा पहिरिएका देखिन्छन्। अभिभावकहरूले अहिले साना–साना बालबालिकाको हातमा मोबाइल वा ल्यापटप दिने गरेका हुन्छन्। पछिल्लो समय हामीले आँखाको दृष्टि गुमाइरहेका छौं। हाम्रो आँखा प्रतिदिन कमजोर हुँदैछ। यसको सबैभन्दा बढी असर त साना बालबालिकामा परेको छ। जो बिहान उठ्नसाथ मोवाइल, ल्यापटप, कम्प्युटरमा तल्लिन हुन्छन्। भिडियो गेम, मोबाइल तथा कम्प्युटर लगायतका आधुनिक ग्याजेटको प्रयोगका कारण बालबालिका आँखा बिग्रने सम्भावना धेरै हुने गर्दछ। यसरी बालबालिकालाई धेरै मोबाइल, ल्यापटप दिँदा त्यसले कस्तो असर गर्दछ ?, धेरै कम्प्युटर चलाएर बस्ने ठुलो मान्छेहरूमा कस्तो असर गर्छ त ? यिनै विषयमा आधारित रहेर खबरहबका लागि वरिष्ठ आँखा रोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुङ्गेल सँग गरिएको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)