राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै
nepalbahas.com · Sun Jun 21 08:36:28 GMT 2026

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै
७ असार, अत्तरिया । कैलालीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई नयाँ प्रविधिसँगै जोडेको छ ।
जिल्लामा सञ्चालित ‘गहुँ सुपरजोन’, ‘तेलहन जोन’, ‘धान जोन’ र ‘माछा जोन’ कार्यक्रममा विभिन्न आधुनिक यन्त्र उपकरणमार्फत किसानलाई नयाँ प्रविधिसँगै जोड्दै लगेको हो ।
परम्परागत खेतीलाई व्यावसायिक र यन्त्रमैत्री बनाउन चालु आवमा अनुदानमा विभिन्न किसिमका आधुनिक कृषि औजार कृषकहरुलाई वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख सन्जु उपाध्याय रिमालले जानकारी दिइन् ।
जानकी गाउँपालिका–४ मुनुवास्थित विज वृद्धि कृषि सहकारी संस्था लिमिटेडलाई ७५ प्रतिशत अनुदानमा चार पाङ्ग्रे धान रोप्ने यन्त्र प्रदान गरिएको जानकारी दिइन् । उक्त यन्त्रबाट १२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सुरु भएको छ । धान रोप्ने यन्त्रले रोपाइँमा धेरै सहज हुन थालेको उक्त सहकारी संस्थाका अध्यक्ष विजयकुमार कठरियाले बताए । उनले भने, “ धान रोप्ने कामदार पाउन समस्या छ । रोपाहारले धान रोप्दा महँगो पर्छ, समय पनि बढी लाग्छ । यन्त्रले काम छिटो हुन्छ, लागत पनि कम लाग्छ ।”
त्यसैगरी, भजनी नगरपालिका–६ नवलपुरस्थित शुभकामना सामुदायिक कृषक समूहलाई चक्लाबन्दीमा चैतेधान कार्यक्रममा कृषि यान्त्रीकरणअन्तर्गत ५० प्रतिशत अनुदानमा तीन वटा पावर टिलर, आठ ओटा सिँचाइ मोटर, तीन वटा डिजल इन्जिन, एउटा रोटाभेटर, विषादी, डेलिभरी पाइपलगायतका सामान वितरण गरिएको कार्यालय प्रमुख रिमालले जानकारी दिइन् ।
मासु निर्यातका लागि राँगा÷भैँसी प्रवद्र्धन कार्यक्रम, युवा लक्षित पशुपन्छी तथा उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत विभिन्न क्रियाकलाप गरिएको पनि बताइन् । एकाइको अनुदान सहयोगमा जिल्लामा भएका विभिन्न कार्यक्रमहरुको शनिबार जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीकाकुमारी चौधरीको नेतृत्वमा सरोकार भएका अन्तरनिकाय संयुक्त अनुमन टोलीले अनुगमन गरेको थियो ।
अनुगमनपछि प्रतिक्रिया दिँदै समन्वय समिति प्रमुख चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले समयानुकुल यन्त्र औजार वितरण गरेर किसानलाई सहज बनाएको बताए ।
जिल्लामा गहुँ सुपरजोन आर्थिक वर्ष २०७३÷७४, तेलहन जोन आव २०७४÷७५, धान जोन आव २०७८÷७९ र माछा जोन आव २०८१÷८२ मा सुरु भएको थियो । एकाइले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, विषादी, यन्त्र उपकरणलगायत सामग्री वितरण गर्दै आएको छ ।
कृषि
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी
असार ६, २०८३ शनिबार
आजको बजारभाउ : गोलभेँडा सस्तो, च्याउ र सुकेको खुर्सानी महँगो
असार ६, २०८३ शनिबार
भारतीय अवरोधले संकटमा नेपाली चिया उद्योग, तत्काल कूटनीतिक पहल गर्न महासंघको माग
असार ४, २०८३ बिहिबार
नेपालबहस ट्रेन्डिङ
शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट
नेपालबहस संवाददाता
असार ६, २०८३ शनिबार
विश्वकै सबैभन्दा पातलो आईफोनको नयाँ संस्करण ल्याउँदै एप्पल
नेपालबहस संवाददाता
असार ६, २०८३ शनिबार
सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी
नेपालबहस संवाददाता
असार ५, २०८३ शुक्रबार
राहदानी काण्डमा धमाधम पक्राउ, जर्मन कम्पनीका सञ्चालकलाई पनि अख्तियारको पुर्जी
नेपालबहस संवाददाता
असार ४, २०८३ बिहिबार
Tweets by nepalbahas
लोकप्रिय
१
शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट
असार ६, २०८३ शनिबार
२
विश्वकै सबैभन्दा पातलो आईफोनको नयाँ संस्करण ल्याउँदै एप्पल
असार ६, २०८३ शनिबार
३
विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर
असार ६, २०८३ शनिबार
छुटाउनुभयो कि?
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै
असार ७, २०८३ आइतबार
राष्ट्र बैंकले फेर्यो नीति : अब सीईओलाई बैंकको कुल सम्पत्तिको ०.०१५ प्रतिशतमाथि तलब दिन नपाइने
असार ७, २०८३ आइतबार
निजामती अस्पतालमा छ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प
असार ७, २०८३ आइतबार
सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड: फोटो फिचर
असार ७, २०८३ आइतबार
भुजीखोला पुल निर्माण अनिश्चित
असार ७, २०८३ आइतबार
अन्तर्राष्ट्रिय योग दिवसमा भक्तपुर दरबार क्षेत्रमा सामूहिक योगाभ्यास ( फोटो फिचर )
असार ७, २०८३ आइतबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)