तीन सय ४३ यात्रु बोकेको जहाज बेपत्ता
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ । इन्डोनेसियामा २४३ जना सवार एउटा यात्रुवाहक जहाज बेपत्ता भएको छ । 'भर्गो ट्रान्सपोर्ट ८' नामको उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुको बन्जारमासिनतर्फ जाँदै गर्दा जाभा सागरमा उक्त जहाजसँगको सम्पर्क टुटेको थियो।थियो। अधिकारीहरूले खोजी अभियान शुरू गरेका छन्।
उद्धार निकायका अनुसार विभिन्न जहाजहरूको सहयोगमा १०३ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ; तीमध्ये एक जनाको मृत्यु भएको छ। बाँकी १४० जनाको खोजी कार्य अहिले जारी छ। उद्धार टोलीहरूले जहाजको अन्तिम ज्ञात स्थानमा धेरै जहाज र एउटा हेलिकप्टर पठाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)