ओखलढुङ्गामा बाढी–पहिरोको कहर : ६ चौपाया बेपत्ता
gorkhapatraonline.com · Sun Jun 21 08:49:34 GMT 2026

अविरल वर्षापछि आएको बाढी र पहिरोले चिशंखुगढी गाउँपालिकामा भौतिक संरचना तथा चौपायाको क्षति गरेको छ । शनिबार अपरान्हदेखि परेको वर्षाका कारण गाउँपालिकाको वडा ३ र ५ जोड्ने खानीखोला माथिको पक्की पुल बाढीले आंशिक रूपमा बगाएको छ ।
पुलमा क्षति पुगेपछि स्थानीय आवत–जावत प्रभावित भएको छ । यस्तै, वडा १ र २ को सिमानामा रहेको बाङ्गे खोलामा आएको बाढीले स्थानीय टीका भुजेल, मननारायण श्रेष्ठ र मनबहादुर सार्कीका गोठ पूर्ण रूपमा बगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)