बोर्ड बैठक यसै साता बस्दै, १२ करोड बारे राष्ट्र बैंकमा छलफल
arthasansar.com
गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) को बैठक यसै साता बोलाउने तयारी गरेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार बुधबार या बिहीबारका लागि बैठक बोलाउने तयारी गभर्नर अधिकारीले गरेका हुन् । विगत वर्षहरुमा बोर्ड बैठक सोमबार या बिहीबार बस्ने गरेकोमा अहिले आवश्यकता अनुसार बस्ने गरेको राष्ट्र बैंक बताउँछ।
अहिले राष्ट्र बैंकमा १२ करोडको सेयर धितो कर्जा सीमाका सम्बन्धमा कुराकानी हुने गरेको राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ संसारलाई बताए । उनले गत साता अर्थमन्त्री डा. प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारीको अर्थ मन्त्रालयमा लगातार दुईदिनको भेटघाट पछि गभर्नर अधिकारीले राष्ट्र बैंकमा सेयर धितो कर्जा सम्बन्धी छलफल गर्न शुरु गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)