होरा इस्पोर्ट्सले पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गर्दै १ करोड ७८ लाख रुपैयाँ जित्यो
lokaantar.com
साउदी अरेबियामा भएको इस्पोर्ट्स विश्वकप अन्तर्गत भएको पब्जी मोबाइल विश्वकपमा नेपाली टोली होरा इस्पोर्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै नवौं स्थान हासिल गरेको छ। फाइनल चरणको अन्तिम खेलमा चिकन डिनर जित्दै होराले १८ खेलमा १०० अंक जोडेको हो।
समग्र प्रतियोगिताबाट होराले ग्रुप स्टेजमा २७ हजार ५०० डलर, सर्भाइभल स्टेजमा २५ हजार डलर, शो म्याचमा १५ हजार डलर र फाइनलको नवौं स्थानको पुरस्कारस्वरूप ६० हजार डलर प्राप्त गरेको छ। कुल मिलाएर होराले १ लाख २७ हजार ५०० अमेरिकी डलर (झण्डै १ करोड ७८ लाख ९७ हजार नेपाली रुपैयाँ) जित्न सफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)