प्रशान्तलाई कास्य पदक
baahrakhari.com · Sun Aug 03 17:27:39 GMT 2025
काठमाडौ । नेपाली खेलाडी प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेका छन् । दक्षिण कोरियाको चेओङ्जु सहरमा भएको उक्त प्रतियोगितामा प्रशान्तले जुनियर पुरुष ४२ किलोमुनि तौल समूहमा कास्य पदक पाएको नेपाल कुराश स३ले जनाएको छ ।
प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएका थिए । एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो । यसअघि सन् २०१८ मा थाइल्यान्डमा भएको एसियन कुराश च्याम्पियनसिपमा कृति शर्माले ५२ किलोमुनिको तौल समूहमा कास्य पदक पाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)