मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जर्मनीका सुपर-सब उन्डाभ -फ्याक्ट्री फ्लोरबाट विश्वकप स्टारसम्म

hamrokhelkud.com · Sun Jun 21 08:57:51 GMT 2026

जर्मनीका सुपर-सब उन्डाभ -फ्याक्ट्री फ्लोरबाट विश्वकप स्टारसम्म

एजेन्सी – यो धेरै समय पहिलेको कुरा होइन, जब उनलाई प्रशिक्षक जुलियन नागेल्समानले सार्वजनिक रूपमा आलोचना गरेका थिए। तर अहिले डेनिज उन्डाभ जर्मनीका लागि विश्वकपमा महत्वपूर्ण खेलाडीका रूपमा स्थापित भइरहेका छन्।

उनी आइभरी कोस्टविरुद्धको रोमाञ्चक २-१ को पुनरागमन जितमा बेन्चबाट आएर २ गोल गरेका थिए। यस प्रदर्शनले जर्मनीलाई सन् २०१४ को विजयी अभियानपछि पहिलो पटक विश्वकपको नकआउट चरणमा पुर्‍यायो।

बेन्चबाट आएर ३ गोल र २ असिस्टसहित उनले दुई खेलमा ५ गोलमा योगदान दिएका छन्। १९६६ यता विश्वकपमा बेन्चबाट खेल्दै सबैभन्दा धेरै गोल योगदान गर्ने खेलाडीको बराबरी उनले गरेका छन् (१९९० मा क्यामरुनका रोजर मिला बराबर)।

तर २९ वर्षीय स्ट्राइकरको विश्वकप टोलीमा स्थान पक्का थिएन। मार्चमा घानाविरुद्ध अन्तिम समयमा गरेको गोलपछि नागेल्समानसँग भएको सार्वजनिक विवादपछि उनको स्थिति अनिश्चित थियो।

उन्डाभले खुलेर जर्मनीको सुरुआती टोलीमा खेल्ने चाहना व्यक्त गरेका थिए। तर नागेल्समानले उनलाई सार्वजनिक रूपमा यस्तो दबाब नदिन चेतावनी दिएका थिए।

नागेल्समानले समेत भनेका थिए कि यदि उनी सुरुआतबाट खेल्थे भने सम्भवतः गोल गर्न सक्दैनथे। पछि उनले उन्डाभसँग माफी मागेको पनि बताए।

त्यसपछि उन्डाभले मैदानमै जवाफ दिएका छन्। बलियो प्रदर्शनका साथ।

अब उनी विश्वकपमा सुरुआती ११ मा पर्ने दाबेदार बनेका छन्। हालसम्म उनले ११ अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका छन्।

नागेल्समानले आइभरी कोस्टविरुद्धको जितपछि भने, ‘हो, पक्कै पनि उनी सुरु गर्न सक्छन्। हामी उनको फर्म बिगार्न चाहँदैनौं। उनी लगातार आएर गोल गरिरहेका छन्।’

‘मैले बाँच्नका लागि त्यो काम गर्नुपर्थ्यो’

उन्डाभ आइभरी कोस्टविरुद्ध २ गोल गरेर विश्वकपमा पहिलो २ खेलमै गोल गर्ने पहिलो जर्मन खेलाडी बने, यो उपलब्धि २००२ मा मिरोस्लाभ क्लोजेपछि पहिलो पटक हो।

तर अहिलेको सफलता सहज आएको होइन।

१४ वर्षको उमेरमै उनलाई वेर्डर ब्रेमेनले ‘धेरै सानो’ भन्दै अस्वीकार गरेको थियो।

१७ वर्षको उमेरमा उनी चौथो डिभिजनमा खेल्दै साप्ताहिक १ सय २० पाउन्ड मात्र कमाउँथे। साथै, उनी कारखानामा ८ घण्टाको काम पनि गर्थे।

उनले भने, ‘१४ वर्षमा वेर्डरले मलाई भविष्य छैन भन्यो। त्यो बेला मेरो मन टुट्यो।’

‘म १७ वर्षमा घर छोडेर हवेल्से गएँ। त्यहाँ फुटबलसँगै कारखानामा पूर्ण समय काम गर्नुपर्थ्यो। बिहान ४ बजे उठेर काम गर्थें, त्यसपछि प्रशिक्षणमा जान्थें, राति ८ बजे घर फर्कन्थें।’

‘फुटबलको पैसा मात्रले बाँच्न सम्भव थिएन।’

पछि उनी बेल्जियमको युनियन सेन्ट-गिलोइसमा पुगे। त्यहाँ उनले टोलीलाई शीर्ष डिभिजनमा उकास्न मद्दत गरे र २५ गोल गरे। त्यसपछि उनलाई ब्राइटनले अनुबन्ध गर्‍यो।

तर प्रिमियर लिगमा २२ खेलमा ५ गोल मात्र गरेपछि उनी स्टुटगार्टमा लोनमा गए, र पछि स्थायी रूपमा अनुबन्ध भए।

स्टुटगार्टका लागि उनले २०२५–२६ सिजनमा १९ बुन्डेसलिगा गोल गरे, जसले उनलाई विश्वकप टोलीमा स्थान दिलायो।

‘उन्डाभ अहिले विश्वकपको उच्चतम स्तरमा पुगेका छन्’

नागेल्समानले आर्सेनलका काई हाभेर्ट्जलाई सुरुको स्ट्राइकर बनाएका छन्। तर उन्डाभले अब बलियो दाबी प्रस्तुत गरेका छन्।

‘जब खेल खुल्छ, उनी धेरै राम्रोसँग चल्छन्,’ प्रशिक्षकले भने,’उनी फिनिसरका रूपमा उत्कृष्ट छन्। उनी आफ्नो उच्चतम स्तरमा पुगेका छन्।’

उनी अझै पनि सुरुआती टोलीमा पर्न सक्ने बताइएको छ।

उन्डाभले अन्तिम पटक सुरुबाट खेल्दा

फिनल्याण्डविरुद्ध ४-० को जितमा २ गोल र १ असिस्ट गरेका थिए।

‘यो सानदार अनुभूति हो,’उनले भने,टिम जित्नु सबैभन्दा महत्वपूर्ण कुरा हो। हामी अब अर्को चरणतर्फ जान्छौं।’

यदि उनको फर्म यस्तै रह्यो भने, जर्मनीले पाँचौं विश्वकप उपाधि जित्ने अभियानमा उनी प्रमुख हतियार बन्न सक्छन्।

Latest News

जर्मनीका सुपर-सब उन्डाभ -फ्याक्ट्री फ्लोरबाट विश्वकप स्टारसम्म

June 21, 2026

जापानको सानदार जित, ट्युनिसिया विश्वकपबाट बाहिरियो

June 21, 2026

रुमको उत्कृष्ट प्रदर्शनमा कुरासाओले इक्वेडरलाई रोक्यो

June 21, 2026

All Latest News

Popular News

जापानको सानदार जित, ट्युनिसिया विश्वकपबाट बाहिरियो

June 21, 2026

रुमको उत्कृष्ट प्रदर्शनमा कुरासाओले इक्वेडरलाई रोक्यो

June 21, 2026

जर्मनी आइभरी कोस्ट पराजित गर्दै नकआउट चरणमा

June 21, 2026

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)