कर्मा फाइट लिग विजेता युगीन भन्छिन्- ‘अब म जस्तोसुकै चुनौतीका लागि तयार छु’
ratopati.com · Sun Sep 13 08:28:35 GMT 2026
काठमाडौं । श्रीलङ्काको कोलम्बोमा सम्पन्न दक्षिण एसियाको चर्चित ‘कर्मा फाइट लिग–९’ मा नेपाली फाइटर युगीन शर्माले भारतीय प्रतिद्वन्द्वीलाई पराजित गर्दै सानदार जित हासिल गरेकी छन् । कोलम्बोस्थित श्रीलङ्का एक्जिबिसन एण्ड कन्भेन्सन सेन्टरमा सम्पन्न प्रतियोगिताको बहुप्रतीक्षित को–मेन इभेन्टमा युगीनले भारतीय फाइटरलाई पराजित गरेकी हुन् ।
रेज फाइट टिमबाट प्रतिनिधित्व गर्दै रिङमा उत्रिएकी युगीनले के–१ किकबक्सिङ नियमअनुसार खेलाइएको भिडन्तमा तीनै राउन्डमा उत्कृष्ट प्रदर्शन गर्दै अंकका आधारमा जित दर्ता गरिन् । जितपछि उत्साहित युगीनले अब आफ्नो लक्ष्य कर्मा फाइट लिगको च्याम्पियनसिप बेल्ट रहेको बताइन् । ‘अब मलाई च्याम्पियनसिप बेल्ट चाहियो । म जस्तोसुकै चुनौतीका लागि तयार छु,’ उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)