मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशन स्थलमा कांग्रेस सभापति गगन थापा पुग्दा 'हुटिङ'

setopati.com · Sun Jun 21 09:17:00 GMT 2026

रास्वपा महाधिवेशनस्थलमा नेपाली कांग्रेसका सभापति गगन थापा पुग्दा हुटिङ भएको छ।

सभापति थापालाई रास्वपा महाधिवेशन मञ्चमा प्रवक्ता मनिष झाले स्वागत गरेका थिए।

सभापति थापा कार्यक्रम स्थल प्रवेश गर्दादेखि मञ्चमा पुग्दासम्म हुटिङ भएको थियो।

रास्वपा महाधिवेशन चितवनको भरतपुरस्थित गेस्ट हाउसमा सुरू भएको छ। अहिलेसम्म सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह आइपुगिसकेका छैनन्।

मञ्चमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत पुगिसकेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)