महाकुम्भबाट फर्कंदै गर्दा दुर्घटनामा ज्यान गुमाउने पाँच नेपाली को हुन् ?
baahrakhari.com · Sat Feb 01 16:46:00 GMT 2025

जलेश्वर । भारत, उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा स्नान गरेर फर्कने क्रममा दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ । महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा शनिबार दिउँसो स्कोरपियो दुर्घटनामा परी त्रिवेणीमा स्नान गरेर घर फर्कंदै गरेका पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ का ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ की ५० वर्षीया मनतारन देवी र उनकी भान्जी धनुषाको गंगुलीकी ३० वर्षीया अर्चना झा हुन् । गाडीका चालक सिरहाका नामथर नखुलेका एक व्यक्तिको समेत मृत्यु भएको जलेश्वर नगरपालिका–७ का वडा सदस्य सुल्तान कवारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)