नदीजन्य पदार्थ उत्खनन् गर्ने सात ट्याक्टर कारबाहीमा
gorkhapatraonline.com · Sun Jun 21 09:25:17 GMT 2026

दाङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार–पसारमा संलग्न सात ट्याक्टर नियन्त्रणमा लिइ कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले ढुङ्गा, बालुवा र गिट्टी अवैध रूपमा ढुवानी गरिरहेका सात वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
असार १ गतेदेखि ५ गतेसम्म जिल्लाका विभिन्न स्थानमा निगरानी तथा अनुगमनका क्रममा उक्त ट्याक्टर नियन्त्रणमा लिइ कार्वाही गरेको उहाँले बताउनुभयो । उहाँको अनुसार नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ । कारबाहीपछि ती ट्याक्टरमाथि कुल एक लाख ४५ हजार ८०९ रुपियाँ जरिवाना गरिएको सूचना अधिकारी डा. केसीले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)