क्षतिपूर्तिको माग राखेर सिरहामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
onlinekhabar.com · Sun Jun 21 09:17:36 GMT 2026

७ असार, सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक रिक्सा चालकको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले शवसहित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
धनगढीमाई नगरपालिका–१० का ४५ वर्षीय कृष्णकुमार महतोको उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयवासीले आइतबार धनगढीमाई बजार क्षेत्रमा शव बोकेको एम्बुलेन्स सडकमा तेर्स्याएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)