मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गोपाल योञ्जनका गीतहरूको संग्रह 'गोपालय : गोपालका गीतहरू' सार्वजनिक

ekantipur.com · Sun Aug 28 01:10:15 GMT 2022

काठमाडौँ — गोपाल योञ्जनले रचना गरेका २ सयभन्दा बढी गीतहरूको संग्रह 'गोपालय : गोपालका गीतहरू' पुस्तक शनिबार सार्वजनिक गरिएको छ ।

कार्यक्रममा गोपाल योञ्जनको गीत 'हर नाद'को गीत समेत सार्वजनिक गरियो । गीतमा उनकी नातिनी नवश्रीको स्वर समेटिएको छ । दार्जिलिङमा जन्मिएर नेपाललाई कर्मभूमि बनाएका योञ्जनका सिर्जना अहिले अमेरिकामा संग्रह हुँदै गरेकाले गीतको भिडियोमा अमेरिका, नेपाल र दार्जिलिङसम्मका दृश्य समेटिएका छन् । योञ्जनका यसअघि सार्वजनिक गरिएका तथा नगरिएका गीतहरु खोजी र संकलन गरेर पुस्तकको रुपमा ल्याइएको योञ्जन पत्नी रिन्छिन योञ्जनले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)