मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

त्रिभुवन विमानस्थलबाट सुटकेसको ह्याण्डिलमा लुकाएको २६७.४ ग्राम सुनसहित एक जना पक्राउ

annapurnapost.com · Sat Jul 02 01:19:00 GMT 2022

काठमाडौं : बैङ्ककबाट काठमाडौं आएका एक जना यात्रुले बोकेको सुटकेसको ह्याण्डिलभित्र सुन भेटिएको छ। शुक्रबार बेलुका नेपाल एयरलाइन्सकोमार्फत बैङ्ककबाट काठमाडौं आएका रोकेश तुलाधरले बोकेको सुटकेसबाट २६७.४ ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो।

भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेश उचाल्न प्रयोग हुने ह्याण्डिल साईडको भित्र पट्टी शंकास्पद धातु रहेको पाएपश्चात सुटकेसको ह्याण्डिल खोल्दा भित्री भागमा सुन भेटिएको हो। करिब ५ ईन्च लम्बाई र १ ईन्च चौडाईको सुनको बारलाई कार्बन पेपरले र्‍यापिङ गरी अड्काएर ल्याएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)