पूर्वकार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा मृत फेला
ratopati.com · Sun Jun 21 09:30:41 GMT 2026

काठमाडौँ । पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी मृत फेला परेका छन्। चितवनको भरतपुर स्थित नारायणी नदीको पुलमुनिबाट उनको शव निकालिएको चितवनका एसपी रामेश्वर पौडेलले रातोपाटीलाई बताए।
काठमाडौँ स्थित घरबाट ‘योगा गर्छु’ भनेर हिँडेका शर्माको शव उनका परिवारले सनाखत गरेका छन् । घरबाट हिँडेको ४ दिनपछि शव भेटिएको थियो । एसपी पौडेल भन्छन्, ‘पोस्टमार्टमपछि परिवारलाई शव बुझाएका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)