मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

को-को छन् रास्वपा महाधिवेशन उद्घाटन समारोहको मञ्चमा (तस्बिरहरू)

setopati.com · Sun Jun 21 09:31:05 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन समारोह केही बेरमा सुरू हुँदैछ।

चितवनको भरतपुरस्थित गेस्ट हाउस चउरमा महाधिवेशनको उद्घाटन समारोह केही बेरमा सुरू हुने महामन्त्री कविन्द्र बुर्लोकोटीले प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भनेका छन्।

महाधिवेशनस्थलमा प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछाने पुगेपछि उद्घाटन समारोह सुरू हुनेछ।

उद्घाटन समारोहमा सहभागी हुन रास्वपाले शीर्ष नेताहरूलाई निमन्त्रणा दिएको थियो।

मञ्चमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति गगन थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन देखिएका छन्।

तस्बिरहरूः

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)