मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरु भयो रास्वपाको महाधिवेशन, बाबुराम, गगन, उपेन्द्र, पद्रीप अतिथि

himalpress.com · Sun Jun 21 09:33:13 GMT 2026

काठमाडौँ- चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन्।

उद्घाटन सत्रमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता वालेन्द्र शाहलगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन्।

अतिथिका रूपमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका वर्षमान पुन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत छन्।

रास्वपा महाधिवेशन तीन दिनसम्म चल्नेछ। यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। रास्वपाले नयाँ नेतृत्व चयन गर्नुअघि विधान संशोधन गरिसकेको छ।

संशोधित विधान अनुसार १९ पदाधिकारीसहित १५८ केन्द्रीय सदस्य रहने कार्यसमिति चुनिनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)