मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्ततः स्टोक्सले पाए मुक्ति

ekantipur.com · Mon Nov 14 01:18:23 GMT 2022

मेलबर्न — मौसमको भविष्यवाणी पूर्णतः गलत रह्यो । इंग्ल्यान्डका लागि भने सबथोक ठीकठाक रह्यो । आखिरमा पानीले खेल बिथोल्न सकेन र जस बटलरको टिम मेलबर्नमा बन्यो, नयाँ ट्वान्टी–२० विश्वकप च्याम्पियन । खेलका खास नायक भने बेन स्टोक्स रहे । उनको बानी नै छ, ठूलो महत्त्वको खेलमा ठूलै खेल्ने । उनकै निर्णायक इनिङ्सको मद्दतले इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायो र दोस्रोपल्ट ट्वान्टी–२० विश्व च्याम्पियन बन्यो ।

इंग्ल्यान्डले पछिल्लोपटक सन् २०१६ मा यस विश्वकपको फाइनल खेलेको थियो । त्यसमा स्टोक्सकै अन्तिम ओभरमा इंग्ल्यान्ड पराजित रह्यो । निकै महँगो ओभर थियो, त्यो । उनी खलनायक सावित भए । उनी आफैं स्तब्ध भएका थिए । त्यसको ६ वर्षपछि उनैले इंग्ल्यान्डलाई उपाधि दिलाएका छन्, त्यो पनि एक ओभरको खेल बाँकी छँदै । इंग्लिस टेस्ट टिमका कप्तान आफैंमा नाटकबाज हुन्, उनले आफ्नो पहिलो ट्वान्टी–२० अर्धशतकका लागि ठूलै अवसर खोजे । पाकिस्तानले सुरुमा कमजोर ब्याटिङ गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)