१३ जिल्ला र एक प्रदेशमा अधिवेशन थाती राखेर केन्द्रीय महाधिवेशन गरेका छौँ : बुर्लाकोटी
baahrakhari.com · Sun Jun 21 09:37:23 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले १३ जिल्ला र एक प्रदेशमा अधिवेशन गर्न थाती राखेर केन्द्रीय महाधिवेशन आयोजना गरिएको बताएका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आइतबार (असार ७) चितवनको भरतपुरमा आयोजित उद्घाटन समारोहमा उनले ७५३ मध्ये ९५ पालिकामा पनि अधिवेशन हुन बाँकी रहेको जानकारी दिए ।
उनले स्थापनाको चार वर्षमा सानदार रूपमा महाधिवेशन गर्ने अवस्था पार्टीका निम्ति गौरवको विषय भएको बताए ।
#महाधिवेशन
#अधिवेशन
#कविन्द्र बुर्लाकोटी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ