बिर्सने वा बारम्बार गल्ती गर्ने बानी छ? यसो गरौं
swasthyakhabar.com · Sat Oct 22 00:51:00 GMT 2022
कतै तपाईंको हतारमा बिर्सने वा बारम्बार गल्ती गर्ने बानी त छैन? आत्तिनुपर्दैन। नियमित ध्यानको अभ्यासले तपाईंको यो बानी सुधार आउन सक्छ। अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीको पछिल्लो अनुसन्धानले ध्यानको नियमित अभ्यासले कुनै पनि व्यक्तिको गल्ती गर्ने आदत घटाउन मद्दत पुग्ने देखाएको छ।
‘मेडिटेसन र माइन्डफुलनेस अभ्यास गर्ने व्यक्तिमा विशिष्ट परिवर्तन आएको देखिन्छ, जसलाई विज्ञानले प्रभाव र फाइदाका दृष्टिकोणबाट उजागर गरेको देखिन्छ,’ मिसिगन स्टेट युनिभर्सिटीका पिएचडी स्कलर तथा लेखका सहलेखक जेफ लिनले भने, ‘तर, मलाई के कुरामा आश्चर्य लाग्यो भने यसअघि कहिल्यै ध्यान नगरेका व्यक्तिहरू एक घन्टाको गाइडेड मेडिटेसनमा बस्दा मस्तिष्कमा केही परिवर्तन भएको पाइएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)