हुम्लामा भूकम्प गयो
annapurnapost.com · Sun Jun 21 09:45:19 GMT 2026

काठमाडौं : हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २:३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महशुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ