मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड तातोपानीमा सुरु

rajdhanidaily.com · Wed Dec 20 23:29:43 GMT 2023

जुम्ला । जुम्लाको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तातोपानी गाउँपालिकाको हाँकुचौरमा मा सुरु भएको छ । तातोपानी गाउँपालिका वडा नम्वर ६ को आयोजनामा जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हाँकुचौरमा आजबाट सुरु भएको हो । रनिङ शिल्डमा जिल्लाका कुल आठ स्थानीय तह मध्य ६ वटा मात्रै पालिकाले सहभागिता जनाएका छन् ।

आज जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले १४ औं जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् । तातोपानी गाउँपालिका, तिला, हिमा, सिंजा, कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाले सहभागिता जनाएका छन् । जुम्लाका गुठिचौर र पातारासी गाउँपालिकाबाट सहभागि नभएको तातोपानी ६ का वडा अध्यक्ष विशाल खड्काले जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)