मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानव अधिकार तथा शान्ति समाजको सभापतिमा पौडेल निर्वाचित

barnanmedia.com · Sat Feb 01 22:27:20 GMT 2025

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा अधिवक्ता रेनुका पौडेल निर्वाचित भएकी छन् । समाजको हालै सम्पन्न २७औँ राष्ट्रिय परिषद् बैठकबाट उनी अध्यक्ष निर्वाचित भएकी हुन् ।

केन्द्रीय कार्यसमितिको निर्वाचनमा वरिष्ठ उपसभापतिमा राजेन्द्र पौडेल र अधिवक्ता लक्ष्मीनारायण मिश्र, उपसभापति (महिला) मा अधिवक्ता धन थापा, महासचिवमा प्रकाश शाही र कोषाध्यक्षमा चन्द्रमणि बन्जारा निर्वाचित भएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)