टिपरको ठक्करबाट एक जनाको मृत्यु
lokaantar.com

सुर्खेतमा टिपरको ठक्करबाट घाइते भएका पैदलयात्री कमल वलीको उपचारका क्रममा मृत्यु भएको छ । भेरीगङ्गा नगरपालिका-२ सुर्खेत कालापानीका २३ वर्षीय वलीको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार कालापानी खोलाबाट सत्तरी भन्ने ठाउँतर्फ जाँदै गरेको कप्र ०२-००१ ख ०६४७ न को टिपरले पैदलयात्री वलीलाई बुधबार राति ठक्कर दिएपछि घाइतेका बुबा दलबहादुर वलीले उपचारका लागि राति नै कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)