पीआरधारी महान्यायाधिवक्ता त भए, तर राजदूत हुन पाउने छैनन्
shilapatra.com · Thu May 28 14:29:59 GMT 2026

बिहीबार सार्वजनिक गरिएको राजदूत बन्ने योग्यतामा विदेशी पीआर वा ग्रिन कार्डधारीलाई बन्देज गरिएको उल्लेख छ । गैरआवासीय नेपाली संघ युकेको उपाध्यक्षमा चुनाव लडेका तथा रामकुमारी झाँक्रीको कार्यक्रममा आफूसँग पीआर भएको सार्वजनिक रूपमै भनेका डा. नारायणदत्त कडेँल अहिले महान्यायाधिवक्ताको रूपमा छन् ।
तर, अब कडेँलजस्ता अरुहरूलाई भने राजदूत हुने बाटो बन्द भएको छ । राजदूत बन्न आवश्यकता पर्ने न्यूनतम १५ योग्यताहरूमा योग्यता नम्बर ४ मै यसलाई बन्देज गरिएको छ । उक्त बुँदामा कुनै पनि विदेशको अस्थायी वा स्थायी आवास मात्र होइन, आप्रवासन सुविधा पाएकाहरूलाई पनि यो सूचीमा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)