मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालको कार्बन व्यापारमा ऐतिहासिक पाइला: बर्सेनि एक अर्ब आम्दानीको सम्भावना

ajakoartha.com · Sun Feb 02 00:01:00 GMT 2025

काठमाडाैं - स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले करिब रु एक अर्ब बराबरको कार्बन व्यापार गर्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आइरिक्स) लिनेसम्बन्धी महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। मुलुकभित्र निजी क्षेत्रको ऊर्जा उत्पादन दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा यस कदमलाई दूरगामी प्रभाव राख्ने उपलब्धि मानिएको छ।

इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत कविनकुमार कंडासामीबीच यहाँ आयोजित एक विशेष कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो। इप्पानले प्रोक्लाइमसँगको सम्झौतासँगै नेपालमा निजी क्षेत्रद्वारा उत्पादन भइरहेको २७०० मेगावाट विद्युत्मध्ये पहिलो चरणमा २००० मेगावाटलाई कार्बन व्यापारका लागि योग्य बनाउने जनाएको छ। यससँगै नेपालका निजी जलविद्युत् आयोजनाहरूले वार्षिक करिब रु एक अर्ब बराबरको आम्दानी गर्न सक्ने सम्भावना खुलेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)