झापामा दुई दुःखद घटना: कुटपिटबाट एकको मृत्यु, कुकुरको टोकाइले सात वर्षीय बालकले ज्यान गुमाए
ajakoartha.com · Sun Feb 02 00:10:00 GMT 2025

काठमाडाैं - झापा जिल्लामा दुई छुट्टाछुट्टै घटनामा एक जनाको कुटपिटबाट मृत्यु भएको छ भने कुकुरको टोकाइका कारण एक सात वर्षीय बालकको ज्यान गएको छ।
कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको लाठी प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। सामान्य विवादका क्रममा सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले दुई दिनअघि चौधरीलाई लाठीले कुटपिट गरेका थिए। गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा शनिबार दमकको लाइफ लाइन अस्पतालमा मृत्यु भयो। घटनालगत्तै प्रहरीले बाँस्तोलालाई नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)