नेतन्याहू र ट्रम्पबिच सोमबार भेटवार्ता हुने
barnanmedia.com · Sat Apr 05 22:30:30 GMT 2025

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले शनिबार जनाएको छ ।
इजरायली स्रोतलाई उद्धृत गर्दै उक्त च्यानलले भनेको छ, ‘दुई नेताले संयुक्त राज्य अमेरिकाले सबै व्यापारिक साझेदारहरूमाथि ट्रम्पको तथाकथित ‘पारस्परिक कर’ नीतिको एक भागको रूपमा इजरायली सामानहरूमा लगाएको १७ प्रतिशत अतिरिक्त करको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)