मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने

nagariknews.nagariknetwork.com · Sun Jun 21 10:03:47 GMT 2026

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा असार १५ गतेदेखि पुन स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आउने भएको छ।

बिमा सेवा वापत अस्पतालाई तिर्नु पर्ने मागदावी भुक्तानी बापत केही रकम तिरेर बोर्डले पुन सञ्चालनमा ल्याउन निर्देशन दिएपछि पुन सञ्चालन गर्ने भएको अस्पतालले जनाएको छ।

अस्पतालको बिमा शाखाका इन्चार्ज मनोज थापाका अनुसार अस्पतालको प्रशासन र निर्देशकहरुको बैठकले असार १५ देखि पुन स्वास्थ्य बिमा सञ्चालनमा आउने भएको हो।

हालको लागि बिमाले अस्पताललाई केही रकम प्रदान भुक्तानी गरेपछि अस्पतालले पुन बिमा सेवा सञ्चालनमा ल्याउन लागेको हो।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)