एनसेल र ट्रिप टर्बोबीच सहकार्य, यात्रा र साहसिक गतिविधिमा ८ हजारसम्म छुट
shilapatra.com · Sun Jun 21 10:06:00 GMT 2026

एनसेलका ग्राहकहरूले अब बस टिकट, आन्तरिक हवाई टिकट बुकिङ तथा विभिन्न साहसिक गतिविधिहरूमा ८ हजार रुपैयाँसम्म छुट प्राप्त गर्ने भएका छन् । यसका लागि एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग साझेदारी गरेको छ ।
साझेदारीअनुसार ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने एनसेल ग्राहकहरूले ट्रिप टर्बोमार्फत यात्रा तथा मनोरञ्जनात्मक गतिविधिमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले विभिन्न साहसिक तथा मनोरञ्जनात्मक गतिविधिमा अधिकतम ८ हजार रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको एनसेलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)