एक-अर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका र इरान
nepalnews.com · Thu May 28 14:46:03 GMT 2026

तेहरान । मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त राज्य अमेरिका र इरानले एकअर्कालाई जारी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । पछिल्लो आरोप प्रत्यारोप अमेरिका र इरानबीच अप्रिल ८ मा युद्धविराम सुरु भएपछिको सबैभन्दा गम्भीर आरोप हो । यसले युद्ध अन्त्यका लागि जारी वार्ता प्रयासलाई प्रभावित पारेको छ । अमेरिकी सहयोगी कुवेतले इरानले तनाबलाई ‘खतरनाक वृद्धि’ तर्फ धकेलेको आरोप लगाएको छ ।
इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरुत नजिकै आक्रमण बढाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ । बिना अनुमति स्ट्रेट अफ हर्मुज पार गर्न खोज्ने चारवटा जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आइआरआइबीले बिहीबार जनाएको छ । इरानले युद्ध सुरु भएदेखि अर्थात् फेब्रुअरी २८ देखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)