हङकङको भीषण आगलागीले अग्ला भवनहरूको सुरक्षा चिन्ता, के भन्छन् विज्ञ ?
barnanmedia.com · Fri Nov 28 21:45:01 GMT 2025

हङकङ विशेष प्रशासनिक क्षेत्रभित्रका चम्किला गगनचुम्बी भवनहरूको सुन्दरता हेर्न विश्वभरबाट मानिसहरू आउँछन् । आज त्यही सहरमा गहिरो शोक छ । ताइ पो जिल्लाको वांग फुक कोर्ट हाउजिंग कम्प्लेक्समा बुधबार लागेको आगोले यो सहरलाई हल्लाइदिएको छ ।
सडकहरूमा अब मानिसहरूको भीड होइन, बरु एम्बुलेन्सको सायरनको चिच्याहट छ । चारैतिर धुवाँको मुस्लो र एक अनौठो किसिमको सन्नाटा फैलिएको छ जसले मानिसको मनलाई चिर्छ । वर्षौंसम्म टुक्रा–टुक्रा गरेर जोडेर मानिसहरूले जसरी आफ्नो घर बनाएका थिए, त्यो नै अब उनीहरूको चिता भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)