राजर्षि जनक कप फुटबल : जावलाखेलको भाग्यमानी जित
ekantipur.com · Thu Feb 09 01:01:40 GMT 2023
सर्लाही — विनोद केसीले मैदान प्रवेश गरेको १५ सेकेन्डभित्र गोल गरेपछि जावलाखेल युथ क्लबले सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजय हात पारेको छ । ललितपुरको टोली जावलाखेलले बुधबार नेपाल एपीएफ क्लबलाई १–० ले पराजित गर्यो ।
पहिलो हाफ पूर्ण रूपमा एपीएफको नियन्त्रणमा थियो । हरि कार्कीले खुला अवसरमा गोल गर्ने मौका चुकाउनु एपीएफका लागि दुर्भाग्य बन्यो । दोस्रो हाफमा जावलाखेलको खेलमा केही सुधार आएको थियो । त्यही मौकामा गरेको गोलले जावलाखेललाई क्वाटरफाइनलमा पुर्यायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)